सदस्य हित कोष

सदस्य हित कोष / Member Welfare Fund

शेयर सदस्यहरुलाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले सदस्य हित कोषको व्यवस्था गरिएको छ।

क) दुर्घटनामा क्षति राहत तथा काजकिरिया खर्च
शेयर सदस्यहरुको दुर्घटनामा परि मृत्यु भएको खण्डमा निम्न अनुसार दुर्घटना क्षतिराहत प्रदान गरिनेछ।

शेयर कित्ता दुर्घटनामा मृत्यु भएमा संस्थाले प्रदान गर्ने रकम काजकिरीया खर्च
५० देखि ४९९ सम्म रु २५,०००/- रु १०,०००/-
५०० देखि ९९९ सम्म रु ५०,०००/- रु १०,०००/-
१००० देखि माथि रु १,००,०००/- रु १०,०००/-

ख) सुत्केरी भत्ता
महिला शेयर सदस्य सुत्केरी भएको खण्डमा रु ५,०००/- सुत्केरी भत्ता प्रदान गरिनेछ। यस्तो भत्ता एक महिला सेयर सदस्यहरुलाई जम्मा दुई पटक मात्र प्रदान गरिनेछ।
ग) काजकिरीया खर्च
संस्थाको शेयर सदस्यको कालगतिले मृत्यु भएमा रु १०,०००/- सामाजिक संस्कारको लागि निजको परिवारलाई काजकिरीया खर्च सहयोग प्रदान गरिनेछ।
घ) छात्रवृत्ति कार्यक्रम
आर्थिक स्थिति कम्जोर भएका शेयर सदस्यहरुको छोरा/छोरी मध्येबाट मेहेनती, जेहेन्दार तथा उत्कृष्ट १ छात्र/१ छात्रा लाई स्थानीयस्तरमा संचालित निजी विद्यालयसंग सहकार्य गरि छात्रवृत्ति प्रदान गरिनेछ।
ङ) DEVDARSHAN SLC EXCELLENT AWARD
शेयर सदस्यहरुको छोरा/छोरी मध्येबाट SLC परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने दुई जानलाई संस्थाले वार्षिक साधारण सभामा DEVDARSHAN SLC EXCELLENT AWARD र नगद रु ५,०००/५,००० (अक्षरेपी पाँचहजार मात्र) प्रदान गरिनेछ।

** शर्तहरु लागु हुनेछ।

नोट: सदस्य हित कोषका सुविधा प्राप्त गर्न न्युनतम ५० कित्ता शेयर हुनुपर्नेछ एवंम सदस्यता लिएको एक वर्ष (१ वर्ष) पुरा भई शेयर सदस्य नियमित बचत खाता सक्रिय रूपमा संचालन गरेको हुनुपर्नेछ।